"To become the most influential community of young entrepreneurs in Nepal"


नेपाली युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व

June 12, 2023

नेपाली युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व
नेपाली युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व आएको छ । काठमाडौँमा सम्पन्न १८औँ साधारणसभाले रितेश लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

प्रथम उपाध्यक्षसहारा जोशी, द्वितीय उपाध्यक्ष कुशल सुन्दर श्रेष्ठ र महिला उपाध्यक्षमा निभिता प्रधान चयन भएका छन् । 

कार्यकारी सदस्यहरुमा सुदिप घिमिरे, ऋचा श्रेष्ठ, कृष्ण सापकोटा, पवित्रा गौतम, आभुषण ज्योति कंसाकार र पुनित बैद्य चुनिएका छन् ।

नव निर्वाचित अध्यक्ष रितेश लामिछानेले यस वर्ष सम्पूर्ण च्याप्टरहरु लगायत काठमाडौँमा बृहत ‘मेड ईन नेपाल’ प्रदर्शनी गर्ने प्रतिवद्धता जनाएका छन् । 

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले उद्घाटन गरेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल सुन्दरी प्रियन्का रानी जोशी लगातयको उपस्थिती थियो ।