"To become the most influential community of young entrepreneurs in Nepal"


बजेटले युवा उद्यमीको माग सम्बोधन गरेको

June 12, 2023

बजेटले युवा उद्यमीको माग सम्बोधन गरेको

नेपाली युवा उद्यमी मञ्च (नेशनल गभर्निङ काउन्सिल) र नेशनल गुड्स करियर एसोसिएसनका अध्यक्ष तथा युवा व्यवसायी रितेश लामिछानेले सरकारले ल्याएको बजेटले युवा उद्यमीलाई प्रोत्साहित गरेको बताएका छन् ।


सरकारले बजेटमा ई–कमर्स, आउटसोर्सिङलगायतका विषयलाई समेटेको जनाउँदै उनले नेपाली युवा उद्यमीहरु मुख्यत प्रविधियुक्त व्यवसायमा आकर्षित भएकाले यो कार्यले उद्यमलाई प्रविधिसँग जोड्न प्रोत्साहित गरेको बताए ।


‘नेपालका युवा उद्यमीहरू प्रविधियुक्त व्यवसायतर्फ बढी आकर्षित भएका छन् । बजेटमा ई–कमर्स, आउटसोर्सिङलगायतका विषयमा उल्लेख गरिएको छ । विदेशी मुद्रा राजस्वको १० प्रतिशत विदेशमा खर्च गर्न दिँदा उनीहरुको व्यवसाय बढाउन मद्दत पुग्नेछ’, उनले भने ।


यस्तै, एक अर्ब प्लसको स्टार्ट अप कोषका लागि रकम बिनियोजन भए पनि कार्यविधि बन्न नसकेको बताउँद उनले भने ,’प्लस स्टार्ट अप फण्डको रूपमा विनियोजन गरिएको छ । तर सरकारले हरेक बजेटमा यस्तो कोष राख्छ तर युवा उद्यमीहरूले यो कोषमा समात्नका लागि कुनै कार्य बिधि गर्न सकेको छैन।’


त्यस्तै, स्टार्ट अपहरूका लागि इन्क्युबेशन सेन्टर स्थापना गर्न बजेट छुट्याउने कार्य निकै आशाजनक रहेको बताउँदै लामिछानेले यसलाई कार्यान्वयनमा लैजान प्रभावकारी भूमीका खेल्नुपर्ने बताए ।


‘बजेटले स्टार्टअपमा विदेशी लगानीलाई प्रोत्साहन गर्ने कुरा पनि उल्लेख गरेको छ,’ उनले भने, ‘उपयुक्त रोडम्याप बनाएर यसलाई व्यवहारमा कार्यान्वयन गर्न जरुरी छ ।’


उनले नयाँ कम्पनी दर्ता गर्दा न्यूनतम १०० रुपैयाँमात्र अधिकृत पुँजी घोषणा गरेर कम्पनी दर्ता गर्न सकिने व्यवस्था पनि सकारात्म रहेको बताए ।


यस्तै, युवा उद्यमीलाई लक्षित गरी व्यवस्था गरिएको सहुलियत कर्जालाई पनि कार्यान्वयन गर्न सक्नुपर्नेमा जोड दिँदै उनले प्रोजक्ट लोन बिना धितो उपलब्ध गराउन माग गरे ।